अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्य साथ वृक्षरोपण अभियान जारी राखेको छ । जन्मदिनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई वृक्षारोपण गर्न उत्प्रेरित गर्ने अभियानले जन्मदिनलाई सत्कर्मसँग जोड्ने काम गरेको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडपर्वमा च्याङ्ग्राको माग उच्च हुनेगर्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुएला प्रस्थान गर्नुभएको छ ।
दीपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न सवारीलाई चेकिङ्ग गर्दा ट्राफिक नियम विपरित रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो ।
धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ ।
साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ ।
देशको अधिकांश युवाहरु रोजगारीका लागि विदेश होमिन लागेका बेला केही युवाले अझै पनि आफ्नै देशमा रगत पसिना बगाएर काम गर्ने सोचका साथ जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२, लालभित्तीमा आयोजित तेस्रो वडाकप फुटबल प्रतियोगिताको उपाधि खोरगाउँ युवा क्लबले जितेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा अहिले प्राय सबैले स्याउ टिपेर रुखहरु खाली बनाएका छन् । स्याउको बोटमा पात झर्न थालेका छन् भने टाढासम्म हेर्दा बोटहरु उराठजस्तै देखिन थालेको छ । त्यही स्याउको बोटमुनि अहिले किसान ब्यस्त छन् ।