हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गर्नुभएको छ ।
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठुलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ ।
सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टराई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ ।
आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।
उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले “विनाशकारी’’ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् ।
युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वालिङमा गौशाला व्यवस्थापनका लागि अक्षयकोष बनाइएको छ । वालिङ नगरपालिका–८ को काफलडाँडामा रहेको धुनि शिवालय गौशालालाई व्यवस्थापन गर्दै दिगो रुपमा सञ्चालनका लागि अक्षयकोष बनाइएको हो ।
सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबिचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ ।
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आइतबार आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ।
म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा ३२ लाख ४४ हजार सङ्कलन भएको छ।
भेरी साहित्य समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती, रचना वाचन र शुभकामना आदान प्रदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।