• १८ मंसिर २०८१, मङ्गलबार

नेपालगन्जमा रचना वाचनसँगै शुभकामना आदानप्रदान

blog

कार्यक्रममा रचना वाचन गर्दै साहित्यकार । तस्बिरः सिराज खान।

सिराज खान 

नेपालगन्ज, कात्तिक १७ गते । भेरी साहित्य समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती, रचना वाचन र शुभकामना आदान प्रदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ। 

भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा. डा. गोपालप्रसाद शर्मा अधिकारीले महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै महाकवि देवकोटा तत्कालीन समाजले नचिनेको विशिष्ट कवि तथा विचारक भएको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी र नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, भेरी साहित्य समाजका सल्लाहकार पूर्णलाल चुके, वरिष्ठ साहित्यकार नरेन्द्र जङ्ग पिटरले मन्तव्य राख्दै महाकवि देवकोटाको विषयमा अनुसन्धान गर्नुपर्ने विषय अझै धेरै भएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरू विष्णुलाल कुमाल, प्रा.डा. जनार्दन आचार्य, किरण आचार्य, सुमित्रा न्यौपाने, चरित्रा शाह, डा. इन्द्रबहादुर भण्डारी, पङ्कजकुमार श्रेष्ठ , पुष्पमणि प्रधान, गणेश जिसी, गोविन्दप्रसाद पाण्डे, नरेन्द्र बहादुर स्वार, कृष्ण मुरारी भट्ट मणि अर्याललगायत तीन दर्जन बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो ।