बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै छ।
प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।
नवलपुरको बुलिङ्गटार –६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा ३ ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा दुर्घटना भएको थियो ।
प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ।
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिविचमा एकता आवश्यक भएको बताउनुभएको छ ।
मनाङी महिलाले सामूहिक खेतीमा जुटेका छन् । नासोँ गाउँपालिका –१ ताल गाउँका महिला सामूहिक खेतीमा लागेका हुन् ।
मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
भन्सार छलेर ल्याएको प्याज ठूलो परिणाममा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिकामा एक महिनादेखि जारी तालाबन्दी अझै खुल्न सकेको छैन । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् ।
क्यामेलिया स्कुलको रजत महोत्सवको अवसरमा ओलम्पियन वैकुण्ठ मानन्धरसहित तीन खेलाडीलाई सम्मान गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–११ दुधेलामा, गढीबाट बुधबार देखिएको नुवाकोट र रसुवाको सङ्गमस्थल पवित्रभूमि उत्तरगया धाम (वेत्रावती) र यस आसपासमा पर्ने नुवाकोट र रसुवाको विभिन्न स्थान ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम सटहीमा समस्या भएको छ ।