• २२ मंसिर २०८१, शनिबार

जिप दुर्घटना हुँदा चालक घाइते

blog

दुर्घटनामा परेको जिप । तस्विरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक १८ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–६ दुलीको भित्रि सडकमा जिप दुर्घटना भएको छ ।शनिबार राति १० बजे दुलीबाट जिल्ला सदरमुकाम मुसीकोट खलङगातर्फ फर्कदै गरेको ग १ ज ४०३५ नम्वरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर जिप चालक दुली निवासी २६ वर्षीय वीरेन्द्र गौतम घाइते हुुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । 

घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइसकिएको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक पाठकका अनुसार उक्त जिपले खलङ्गाबाट दुलीको हाँसुसम्म यात्रुहरु लिएर गएको थियो । यात्रुहरुलाई गन्तव्यमा पुगाएर फर्कने बेला जिप दुर्घटनामा परेको छ । ब्याक गर्ने बेलामा जिप पल्टिएर करिब ४० मिटर तल खसेको र जिपमा चालक मात्र रहेको उहाँले बताउनुभयो ।