• ७ मंसिर २०८१, शुक्रबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, कात्तिक १८ गते । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपियाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपियाँ ०७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ०८ पैसा र बिक्रीदर ८८ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३४ पैसा र बिक्रीदर ९६ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ३४ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपियाँ ७९ पैसा र बिक्रीदर ८ रुपियाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९९ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ३ रुपियाँ ९६ पैसा र बिक्रीदर ३ रुपियाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६६ पैसा र बिक्रीदर ३० रुपियाँ ७९ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ७४ पैसा र बिक्रीदर ९ रुपियाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५३ पैसा र बिक्रीदर १२ रुपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५५ पैसा र बिक्रीदर १९ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २६ पैसा र बिक्रीदर १७ रुपियाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ६२ पैसा तोकेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस