• ११ पुस २०८१, बिहिबार

भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १७ गते । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।

आज बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उहाँकी पत्नी धनकला घाइते हुनुभएको बलरामपुर प्रहरीले जनाएको छ ।