• २९ वैशाख २०८२, सोमबार

१५ जनाले गरे कञ्चनजङ्घा हिमालकाे सफल आरोहण

blog

नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, वैशाख २८ गते । पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएकाे छ । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट ट्रेक काठमाडौँले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएको हो । 

'ट्रेक' का जेनेरल मेनेजर थानेश्वर गुरागाईका अनुसार मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएकाे हाे । 

सफल आरोहण गर्नेहरूमा कुसुवोका फ्लुतुरम इब्राहिमी, बेलायतमन एड्रियन माइकल हेस, ईरानका अलिरेजा बेहपुर र सेइदमिदरजा हासेमी, युनाइटेड अरब इमिरेट्सका सइद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर सोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेको जेनेरल मेनेजर गुरागाईले बताउनुभयो । 

उक्त टोलीले मे ९ अर्थात् वैशाख २६ गते साँझ छ बजेर १५ मिनेटमा चौँथो शिविरबाट आफ्नो शिखर यात्रा सुरु गरेको थियो । त्यसअघि, कञ्चनजङ्घामा आठ शेर्पाहरू मिलेर बनेको एलिट एक्सपेडको फिक्सिङ टोलीले आधार शिविरबाट लगभग आठ हजार ४ सय मिटरसम्मको लाइनहरू सुरक्षित गरेको थियो।

यस वर्ष कञ्चनजङ्घामा प्रभावशाली सहभागिता देखिएको बताउँदै जेनेरल मेनेजर गुरागाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहीहरू गरी ७० जना हिमाल आरोहण गर्ने अनुमति लिएकोमा १० जनाले सफल आरोहण गरेको र अन्य आरोही तयारीमा रहेको बताउनुभयो । ट्रेकले यस वसन्त ऋतुमा आफ्नो टोलीले कञ्चनजङ्घा हिमाल ९८,५८६ मिटरमा सफल आरोहणको घोषणा गर्न पाउँदा उत्साहित भएको जनाएको छ ।