• ९ मंसिर २०८१, आइतबार

तोरी फुलेको बारी (फोटो फिचर)

blog

रेखीराम राना

तानसेन, कात्तिक १७ गते। पाल्पाको विभिन्न स्थानमा तोरी फुलेका छन्। केही महिनाअघि यहाँका किसानले लगाएका तोरी फुलेर बारी पहेँलै बनेका छन्। 

तोरी बाली पाल्पाको धान र मकैबाली पछिको प्रमुख बाली हो। अहिले लगाएको तोरी भित्र्याएर किसानले तेल पेल्छन्। जिल्लाको रामपुर, माडी, अर्गली, तेल्घा, तानसेनलगायतका स्थानमा तोरी लगाइन्छ। आफूले लगाएको तोरीबाट निकालेको तेल घरमा प्रयोग गर्दछन्। 

मकैबाली भित्र्याएपछि सिँचाइ नहुने क्षेत्रका किसानले अधिकांश स्थानमा तोरी खेती गर्ने गरेका छन्। सिँचाइ भएका क्षेत्रमा किसानले तरकारी बाली, लगाउने गरेका छन्।