• १८ फागुन २०८२, सोमबार

दाङ २ मा ५० जना एमालेमा प्रवेश

blog

एमालेमा प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, फागुन १८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैगर्दा दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) मा ५० जना प्रवेश गरेका छन् । 

एमालेको नेतृ सुजिता शाक्यले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै टीका तथा खादा लगाएर औपचारिक रूपमा प्रवेश गराउनुभएको हो । यसैविच कार्यक्रममा बोल्दै नेतृ शाक्यले दाङको समृद्धि, स्थायित्व र दीर्घकालीन विकासका लागि सक्षम र अनुभवी नेतृत्व आवश्यक रहेको बताउनुभयो ।   नवप्रवेशीहरूले दाङको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र आर्थिक उन्नतिको स्पष्ट एजेण्डासहित अघि बढेको एमाले उम्मेदवार शंकर पोखरेलको नेतृत्वमा मात्रै दाङले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

“दाङको समृद्धिका लागि पोखरेलको आवश्यकता महसुस गरेर एमाले प्रवेश गरेका हौं” नवप्रवेशीहरूको भनाइ छ । दाङ–२ मा पछिल्ला दिनमा एमालेप्रति आकर्षण बढ्दै गएको र विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहबाट समेत समर्थन थपिँदै गएको एमाले दाङले जनाएको छ ।