• १९ फागुन २०८२, मङ्गलबार

४ बजेसम्म मात्र होली मनाउन नवलपरासी प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय नवलपरासी

बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन १९ गते ।
तराईमा मआज होली पर्व मनाइँदै छ । तर आज चन्द्रग्रहण र मङ्गलबार परेकाले कतिपयले बुधबार होली मनाउने तयारी गरेका छन् । यो बिचमा मतदान गर्नु पूर्वको मौन अवधि भएकाले साँझ ४ बजेसम्म मात्र होली मनाउन स्थानीय प्रशासन र निर्वाचन अधिकृतका कार्यालयले आग्रह गरेका छन् । निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्दे होली पर्व मर्यादित तवरले मनाउन स्थानीय प्रशासनले सूचना जारी गरेर आग्रह गरेको हो ।

निर्वाचनको मौन अवधिलाई मध्यनजर गर्दे होली मनाउने क्रममा कुनै पनि पार्टीका चिन्ह अङ्कित झण्डा, टोपी, टिर्सट, लोगो लगाउन बन्देज गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । साथै चर्को आवाजमा डिजे बजाउने, समाजिक सद्भाव खलबल गर्ने जस्ता कुनै पनि कार्य नगर्न पनि अनुरोध गरिएको छ । नियम विपरितका गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।