• १९ फागुन २०८२, मङ्गलबार

रौतहटमा लुटापाट गर्ने दुई जना पक्राउ

blog

पक्राउ परेका दुई युवक । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, फागुन १९ गते । रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राति सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्रका सहप्रवक्ता डिएसपि शैलेन्द्र थापाले पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहनुभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेश सन्तपुरको स्ट्राइकिङ टोलिले नियन्त्रणमा लिएको हो ।

उनीहरुले सोही जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र उहाँकी श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।