• १९ फागुन २०८२, मङ्गलबार

कैलालीसँग जोडिएको नेपाल भारत-सीमा नाका सिल

blog

गौरिफन्टा नाका ।

अविनाश चौधरी

धनगढी, फागुन १९ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर कैलालीसँग जोडिएको नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुई देशको सीमा नाका बन्द गरिएको हो ।

मङ्लबार राति १२ बजेबाट बन्द गरिएको सीमा नाका निर्वाचन सम्पन्न भएपछि मात्रै खुल्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 कैलालीमा नेपाल-भारत खुला सिमाना १०१ किलोमिटर रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण सीमा नाका सिल गरिएको छ । 

बिरामी बोकेको एम्बुलेन्स भने जान दिइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।