• ७ मंसिर २०८१, शुक्रबार

हङकङ सिक्सेस : क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित नेपालले प्लेट सेमिफाइनल खेल्ने

blog

तस्बिरः क्यान

काठमाडौँ - हङकङ सिक्सेस क्रिकेटको क्वाटरफाइनलमा पराजित नेपालले प्लेट सेमिफाइनल खेल्ने भएको छ। हङकङ सिक्सेसको नियम अनुसार नेपालले प्लेट सेमिफाइनलमा संयुक्त अरब इमिरियट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आइतबार बिहान ८ बजे सुरु हुनेछ।

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको थियो।  दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको थियो।

समूह चरणको पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा अस्ट्रेलियामाथि ११ रनको जित निकालेको थियो। शक्तिराष्ट्रविरुद्ध शानदार प्रदर्शन गरेको नेपाल  क्वाटरफाइनलमा एसियाको अर्को शक्ति राष्ट्र श्रीलङ्कासँग पराजित भएको हो। 

नेपाल पूल ‘बी’को विजेता हो भने यूएई पूल ‘सी’को उपविजेता हो।