हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । चैत २३ गते संवाद कार्यक्रम तथा २४ गते बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिने नेपाल पर्यटन बोर्डका मणि लामिछानेले जानकारी दिनुभएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारीमा लाग्नुभएको छ । मङ्गलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीले विश्वासको मत ल्याउनका लागि विशेष अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय भएकाले विश्वासको मत ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।
वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यसहित पुस्तक बिक्री अभियान लिएर डा. महावीर पुन पाल्पा आइपुग्नुभएको छ ।
भेरी नगरपालिकाका १३ वटै वडामा रोजगारी सिर्जनाका लागि सञ्चालित योजनामा आवश्यक निर्माण सामग्री खरिद गर्न एउटै पसल तोकिएको छ । नेपाल सहरी शासकीयस्वरूप परियोजना अन्तर्गत भेरी नगरपालिकाबाट अहिले धमाधम योजना सम्झौता भई निर्माण कार्य भइरहेको छ । भेरी नगरपालिकालाई प्राप्त तीन करोड ८० लाख रुपियाँ बजेटबाट निर्माणका विभिन्न कार्य भइरहेको छ । निर्माण कार्यमा आवश्यक सामग्री खरिदका लागि तोकिएकै हार्डवेयर पसलमा कारोबार गर्न नगरपालिकाले योजना कार्यान्वयन उपभोक्ता समितिलाई निर्देशन दिइएको जनाइएको छ । योजनाको लागत स्टिमेटमा ६० प्रतिशत रकम निर्माण सामग्री खरिद गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले नगरपालिकाले तोकेको हार्डवेयर पसलबाट मात्र खरिद गर्न निर्देशन दिइएको जनाइएको छ ।
सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो ।
म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।
व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो ।
मदन भण्डारी राजमार्गको ट्र्याक परिवर्तन गर्न खोजिएको भन्दै पश्चिम सुर्खेतका नागरिकले विरोध जनाएका छन् । राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतमा नापजाँचसहित डिपिआरसमेत भइसकेको सडकको रुट परिवर्तन गर्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत सरकारलाई ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतलाई समेत लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराइएको छ ।
स्याङ्जामा ७३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । विसं २०६७ जेठ ३ गतेदेखि हालसम्म ४८ जना पुरुष र २५ जना महिलाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।
अध्ययन भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो ।
बाजुराको बुढीनन्दा नगरपालिका–१० का चीनबहादुर विष्ट गर्मी लागेसँगै भेडा लिएर औलबाट गाउँतिर फर्किंदै हुनुहुन्छ । गत कात्तिकमा लेकबाट औलतिर झरेका विष्ट अहिले लेकतिर फर्किन लाग्नुभएको हो । विष्टसँगै अन्य तीन परिवार पनि छिमेकी जिल्ला अछाममा चरिचरनका लागि लिएका भेडाबाख्रासहित बिच बिचमा बास बस्दै घर (लेकतिर) फर्किंदै छन् । चिसो मौसममा औलतिर झर्ने र गर्मीमा लेकतिर जाने भेडापालकको दैनिकी नै हो ।
जिल्लाको हिल्सा सिमकोट सडकको याल्वाङ खण्डमा दैनिक नौ घण्टा सडक बन्द हुने भएको छ । सडकको स्तरोन्नती कार्य जारी रहेका कारण सडक बन्द गरिएको हो ।
कस्तूरीले आफ्नै नाभिदेखि निस्किएको सुगन्धमा लट्ठिएर कताबाट आएको होला भन्दै पत्ता लगाउन नथाकुञ्जेल दौडिरहन्छ भन्ने भनाइ छ । आफ्नै शरीरको सुगन्ध भेउ नपाउने कस्तूरीको जस्तै छ हाम्रो नियती पनि । आफ्नै जमिनमुनि अनेक खनिज पदार्थ हुन सक्ने अनुमान गरिन्छ तर उत्खनन गर्न सामथ्र्य पुगिरहेको छैन । हुन सक्छ, इच्छाशक्तिकै कमीले अन्वेषणतर्फ अगाडि बढ्न सकिरहेका छैनौँ । अनेक ठाउँमा फलाम तथा तामाका खानी भएको पुष्टि भइसकेको छ । विभिन्न नदीका बालुवामा सुन भेटिने गरेको छ । बालुवामा सुन खोजेर जीविकोपार्जन गर्ने समुदाय पनि छँदै छन् । अन्वेषण गर्ने हो भने सुनखानी पनि नभेटिएला भन्न सकिँदैन । यसै गरी पेट्रोलियम पदार्थ पनि विभिन्न स्थानमा हुन सक्ने आकलन धेरै अघिदेखि गरिँदै आएको हो । यतिबेला भने दैलेख जिल्लाको