भित्ते बगैँचामा बुधबार दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ ।
आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।
थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरको नवौं जिल्ला अधिवेशनले विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको एमाले पाँचथरले जनाएको छ ।
गोरखा नगरपालिकाले नगरभित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क रूपमा सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालमा सेवाको उद्घाटन गर्नुभएको हो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।
शिक्षक सेवा आयोगबाट तनहुँका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बिहानबाट सुरु भएको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
कोशी टप्पु बन्य जन्तु आरक्ष मध्यवर्ती क्षेत्र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयका लागि इन्धनको स्रोतको रुपमा सावित भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।
बाँकेमा निर्माणाधिन बहुप्रतिक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनी ढिलाई हुँदै गएको आयोजनाले जनाएको छ ।
काठमाडौँ, चैत २१ गते । काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम यो व्यवस्थाको प्रतिकूल देखिएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरस्थित शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिइएको छ । सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको शिक्षा विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ । विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन निर्देशन दिइएको छ । रासस