धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गर्ने कुमारी जानकी बोगटीलाई पक्राउ गरेको छ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनुभएको छ ।
नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सबै विकसित मुलुकलाई आग्रह गर्नुभएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयको बिक्री केन्द्रबाट बाँकेवासीले ६९ हजार रुपियाँ छुट पाएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
इलामको माई नगरपालिका–२ मा सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।
चीनको सिचुआन प्रदेशको औपचारिक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राख्नु भएको छ ।
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
दलित समुदायमध्ये पनि सामाजिक र आर्थिक रूपमा अति विपन्न बादी समुदायलाई राज्यको मूल धारामा ल्याउन प्रदेश सरकारले ठोस योजना तयार गरी कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाहरूले ध्यानाकर्षण गर्नुभएकाे छ ।
हिमालपारिको जिल्ला मुस्ताङको कोरला हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुख्य कोरला नाका खुलेको वर्ष दिन पुगेको उपलक्षमा चिनियाँ पक्षले वार्षिकोत्सव मनाएको छ ।
नागढुङगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।