“तपाईंहरू हामीप्रति ऋणी हुनुहुन्छ !”, अजरबैजानमा कोप२९ शिखर सम्मेलनमा प्रदर्शन ब्यानरमा दिइएको शीर्षक हो यो ।
नेपाली काँग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग पनि गर्नु भएको छ ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोयन गर्नुभएको हो।
आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मधेश प्रदेशमा खानेपानी तथा सरसफाइको समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न खालका कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ।
काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।
होटल सिद्धार्थ नेपालगन्जले नेपालगन्जमा ‘रन फर वेटर हेल्थ’ स्लोगन राख्दै रोड रेस कार्यक्रम सम्पन्न गरेको छ ।
प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन्।
ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा बिहीबार मच्छिन्द्र र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गर्ने कुमारी जानकी बोगटीलाई पक्राउ गरेको छ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनुभएको छ ।