म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ ।
सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ ।
गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै बाँकेमा डिएपी (रासायनिक मल)को माग उच्च भएको छ । माग अनुसार डिएपी मल वितरण हुन नसक्दा किसानले आवश्यक डिएपी मल पाउन सकेका छैनन् ।
नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो ।
दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।
पाल्पाको रामपुरमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ ।
धनुषा र सिराहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनको घुइँचो ।
रुकुम पश्चिम, कात्तिक ३० गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित सल्ले विमानस्थल आसपासको दृश्य । तस्बिरः रासस
शाहवंशीय राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका ३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार ।
थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
धनकुटाको धनकुटा नगरपालिकाभित्र आज सार्वजनिक बिदा दिएको छ । अल्पसङ्ख्यक तथा सीमान्तकृत आठपहरिया जातीको वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले आज (शुक्रवार) स्थानीय बिदा दिएको हो ।
इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाई गर्दै आउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिएर आज स्वदेश फर्कनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।