जिल्ला अस्पतालमा समेत पर्याप्त उपकरण नहुँदा मध्यम खालका बिरामीलाई सहरका अस्पतालमा पठाउनु पर्ने दुर्गमका स्वास्थ्य चौकी तथा अस्पतालको नियती पछिल्लो समय भने बिस्तारै कम हुदै आएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु भएको बताउनुभएको छ।
मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह जात्रा’ प्रहसन सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको हाँस्य–व्यंग्य विधामा विशिष्ट स्थान बनाएको मह जोडी श्रेष्ठ र आचार्यको दश वर्षपछि पुनः मञ्चमा फर्केको ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकको भव्य उपस्थित र उत्साहबिच सफलतापूर्वक सम्पन्न भएको हो ।
धनकुटा जिल्लाको धनकुटा नगरपालिकाभित्र मात्र पाइने अल्पसङ्ख्यक तथा सिमान्तकृत आठपहरीया जातीको वाढाङ्मेट (मंसिरे चाड) को रौनक सुरु भएको छ।
रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु. एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिनुहुन्छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा प्रशासनलाई सुदृढ र मुलुकभरका जग्गाको नयाँ नापजाँचका लागि प्राविधिक सहयोग पुर्याउन विश्व बैंकको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताउनुभएको छ ।
नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।
आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
गोरखा नगरपालिका–४ फिनामस्थित पिपलथोकमा रहेको नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको नाममा रहेको भिमसेन पार्क आन्तिरिक तथा बाह्रय पर्यटकको प्रमुख रोजाइमा परेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित मधेसी समुदायको बसोबास रहेको स्थानीय तह तथा क्षेत्रमा मौलिक पर्व समाचकेवाको रौनक बढेको छ ।
संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ ।