रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ थर्पुस्थित डिग्रे मन्दिर परिसरमा लागेको डिग्रेमेला भर्न आएका दर्शनार्थी र मेलामा लाठी (सगाल) नाच प्रस्तुत गरिएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ ।
नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उहाँले भन्नुभयो, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।”
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।
मगर जातिको सांस्कृतिक हुर्रा नृत्यको संरक्षण गर्न युवापुस्ता लक्षित गरि धरानमा हुर्रा कार्यक्रम गरिएको छ ।
नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा वृद्धि भएको छ।जिल्ला अदालतमा दर्ता भएकामध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिनुभयो।
दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उहाँलाई रोक्न सक्छ ।
शिक्षा क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायबारे शैक्षिक बहस गरिएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी ‘शिक्षा नीतिमा बाल सवाल’ विषयक बहस गरिएको हो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले नेपाली काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीका तर्फबाट आगामी मङ्सिर ७ गते काठमाडौँमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
जनकपुरमा हुने विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीहरुको स्वागतको तयारीमा महोत्तरीको मटिहानी, जलेश्वर तथा पिपरा पालिकाहरु लागिपरेका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अढाइ दशकपछि आफ्नो गाउँको मन्दिर असिग्राम असिउमा पुगेर दर्शन गर्नुभएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णाली प्रदेशकै धार्मिक स्थलका रुपमा परिचित डिग्रे मेलामा शुक्रबार मेला हेर्न आएका सर्वसाधारण ।
पूर्णिमा अवसरमा कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मोरङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो ।