• ७ मंसिर २०८१, शुक्रबार

स्थापना भएको ४२ वर्षपछि स्वास्थ्य चौकीमा उपकरण

blog

तातोपानी गाउँपालिकाको हाकु स्वास्थ्य चौकीलाई बेबी वामर हस्तान्त्रण गदै किर्डाक नेपालका अध्यक्ष सम्झाना कुमारी मल्ल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ३० गते । दुर्गमका स्वास्थ्य चौकीमा खासै नागरिकले सेवा लिने उपकरण अभाव नै हुने गरेको छ । जिल्ला अस्पतालमा समेत पर्याप्त उपकरण नहुँदा मध्यम खालका बिरामीलाई सहरका अस्पतालमा पठाउनु पर्ने दुर्गमका स्वास्थ्य चौकी तथा अस्पतालको नियती पछिल्लो समय भने बिस्तारै कम हुदै आएको छ । 

जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ मा रहेको हाकु स्वास्थ्य चौकीलाई नवजातशुशि स्यारका लागि उपकरण प्रदान गरिएको छ । २०३९ सालमा स्थापना भएको स्वास्थ्य चौकीले ४२ वर्ष पनि आमा र बच्चाको सुरक्षाका लागि प्रयोग गरिने उपकरण पाएको हो । 

सेभःद चिल्ड्रेन सहयोगमा कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल द्धारा सञ्चालीत सहयात्रा परियोजनाले नवजात शिशुलाई न्यानो पार्ने बेबी वामर प्रदान गरेको हो । सहयात्रा परियोजनाको यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमका परियोजना संयोजक रेजिना शाहीले तातोपानी गाउँपालिकाको समन्वयमा एक लाख ८० हजारको बेबी वामर स्वास्थ्य चौकीलाई सहयोग गरिएको बताउनुभयो । 

उहाँले त्यहाँ २०६८ साल देखि बर्थिङ सेन्टर सञ्चालनमा आएको र अहिले सदरमा मासिक ३ देखि ६ जना सम्मका आमाले स्वास्थ्य सँस्थामै आएर बच्चा जन्माउने भएकाले नवजात शिशुलाई न्यानो बनाउनका लागि प्रयोग हुने उपकरण प्रदान गरिएको बताउनुभयो । 

जुम्लामा कात्तिकदेखि चैतसम्म अत्याधिक चिसो हुने र यो सिजन जन्मीने बच्चा चिसोका कारणले निमोनिया जस्ता समस्या देखिने भएकाले बेबी वामरको प्रयोग आबस्यक रहेको स्वास्थ्यक्रर्मीको भनाई छ । वडा नं ४ का वडा अध्यक्ष अमरवहादुर रोकायाले चिसोका कारणले केही बच्चाको मृत्यु भएकाले परियोजनालाई बेबी वामर अर्थात नवजात शिशुलाई न्यानो बनाउने उपकरण सहयोग गरिदिन आफुले प्रस्ताव गरेको बताउनुभयो । 

बच्चाको सुरक्षाका लागि अति आबस्यक उपकरण भएकाले यसबाट अब जन्मीने नवजात शिशुले सेवा लिने अध्यक्ष रोकायाको भनाई छ । जन्मीदै बालवालिकालाई न्यानो राख्न सकेको खण्डमा भोलीका दिनमा बच्चामा अरु रोग लाग्ने डर कम हुने भएकाले यस्ता उपकरणमा जोड दिनु राम्रो हुने अध्यक्ष रोकायाले बताउनुभयो । किर्डाक नेपालका अध्यक्ष सम्झाना कुमारी मल्लले समुदायको माग र गाउँपालिकाको सल्लाह अनुसार परियोजनाले सहयोग गदै जाने बताउनुभयो । बर्थिङ सेन्टर इन्चार्ज शान्ता शाहले स्वास्थ्य चौकीमा बेबी वामर प्राप्त पछि अब नवजात शिशुका लागि आगो बाल्नु पर्ने झनझट हटेको बताउनुभयो । 

रातीको समयमा सारै चिसो हुने बच्चाको सुरक्षाका लागि न्याने बनाउन आगोमा सेक्नु पर्ने हुन्छ । आगोको धुवाले नवजात शिशुलाई असर पनि हुने भएकाले अब बेबी वामर सहयोगले स्वस्थ शिशु हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । बेबी वामर विद्युत मार्फत सञ्चालन ल्याउने उपकरण हो । यो पुरा अबधि नपुगेर जन्मीने बच्चाको सहारका लागि निकै उपगयोगी मानिन्छ ।