काठमाडौँ, मङ्सिर २९ गते । एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
सोमबार सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ ।
मङ्सिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।
सात वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मङ्सिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।
सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मङ्सिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।
मुद्दती निक्षेपको अधिकतम ब्याजदर
|
बैंकहरु |
कात्तिक |
मंसिर |
पुस |
|
नबिल |
४.९५ |
४.७५ |
४.५५ |
|
नेपाल इन्भेष्टमेन्ट मेगा |
५.२५ |
५ |
५ |
|
माछापुच्छ्रे |
५ |
५ |
५ |
|
हिमालयन |
६ |
५.५० |
४ |
|
नेपाल एसबिआई |
५ |
४.८० |
४.५५ |
|
एभरेष्ट |
५ |
५ |
४.७५ |
|
एनआईसी एसिया |
५.७५ |
५ |
५ |
|
स्ट्यान्डर्ड चार्टर्ड |
५ |
४.७० |
४.६० |
|
लक्ष्मी सनराइज |
५ |
५ |
४.७५ |
|
कुमारी |
४.०१ |
४.९१ |
४.५३ |
|
सिद्धार्थ |
५.५ |
५ |
५ |
|
सानिमा |
५.१५ |
५ |
३.७५ |
|
एनएमबि |
५ |
५ |
५ |
|
प्रभु |
४.९५ |
४.९५ |
४.५५ |
|
ग्लोबल आइएमई |
६ |
६ |
५.५० |
|
सिटिजन्स् |
५ |
४.७५ |
४.७५ |
|
प्राइम कमर्सियल |
५ |
४.७५ |
४.२५ |
|
कृषि विकास |
४.९५ |
४.७० |
४.५५ |
|
नेपाल बैंक |
५.२५ |
५.२५ |
५.१० |
|
राष्ट्रिय वाणिज्य बैंक |
५.५ |
५.५ |
४ |