उदयपुर, कात्तिक २९ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले। उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ । यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ।
चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न हुनुहुन्छ ।
खाएको विष लाग्नु त ठिकै हो तर कहिलेकाहीँ नखाएको विषको पनि असर भोग्नुपर्ने रहेछ ।
सन् २०१६ मा व्यापारी घरानाका व्यक्ति भनेर चिनिने डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा पूर्वविदेश सचिव हिलारी क्लिन्टनमाथि आश्चर्यजनक जित हासिल गरेपछि अमेरिका र विश्वव्यापी अर्थ राजनीतिमा व्यापक ध्रुवीकरण आएको थियो ।
हेन्ली पासपोर्ट इन्डेक्सले हालसालै प्रकाशित गरेको ग्लोबल पासपोर्ट र्याङ्किङमा नेपाललाई वरीयताको पुछारबाट सातौँ स्थानमा अर्थात् सयौँ (१००) नम्बरमा राखेको छ ।
नेपालको सविधानले प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बॉडफॉटको कानुनी व्यवस्था गरेको छ ।
नेपालका सार्वजनिक संस्थानहरूले सार्वजनिक वस्तु तथा सेवाको उत्पादन, वितरण, पुनःवितरण, अ