• २४ मंसिर २०८१, सोमबार

गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन

blog

साधन घर्ती

म्याग्दी, कात्तिक २९  गते ।  गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो । उहाँ नेपाली कांग्रेसबाट  समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिनुभएको थियो ।  

उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।