हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिकामा बालमैत्री स्थानीय तहका रुपमा ल्याउनका लागि बालमैत्री स्थानिय शासन कार्यक्रम सुरु गरिएको छ ।
पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने, त्यसलाई जोगाउने र भत्काउने चक्रमा घुमिरह्यो ।
यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
बागमती प्रदेश सकारको आर्थिक सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरुमा यो वर्ष छ वटा नयाँ पक्किपुल निर्माण हुने भएको छ ।
ताप्लेजुङमा महिलाहरुको नेतृत्व विकास गर्न बोल्ने शैली सिकाउन थालिएको छ । बोल्नसक्ने क्षमता र शैली नभएकै कारण महिलाको नेतृत्व विकास हुन नसकेकोभन्दै बोल्ने शैली सिकाउन थालिएको हो ।
भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले भारतमा अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मी हुने बताएको छ । अप्रिलदेखि जुनमा अत्याधिक गर्मी हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो ।
ताप्लेजुङका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताअनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको हो ।
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको हत्या भएको छ । स्थानीय वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको हत्या भएको हो ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिएपछि उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ वितरण गर्ने योजना बनाएको नगरपालिकाले हालसम्म ५० लाख रुपियाँ वितरण गरेको छ ।
जन्मिनेबित्तिकै बेचिएका जुम्ल्याहा दिदीबहिनीको १९ वर्षपछि भेट भएको छ । यी दिदीबहिनीको नाम एमी खवितिया र एनो सरतानिया हो । सोसल मिडियामार्फत उनीहरूको चिनजानी भएको थियो । यी दुई दिदीबहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढा बस्दथे । उनीहरूलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन तर एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट सोका कारणले उनीहरूबीच भेट भयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सदरमुकाममा सार्वजनिक निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अमेरिकामा पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको छ । अर्बपति एलन मस्कको कम्पनी न्युरालिङ्कले यो चिप निर्माण गरेको हो । ताररहित चिप प्रत्यारोपणमा सफलता मिलेको मस्कले बताएका छन् । प्रारम्भिक नतिजाले न्युरोन अर्थात् स्नायु कोषिकामा उत्साहप्रद सङ्केत देखाएको छ । चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधारसमेत आएको छ । न्युरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ । चिप राखेर स्नायु प्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न खोजिएको छ ।
विश्वका विभिन्न मुलुकमा जघन्य अपराध गरेका अपराधीलाई मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्ड दिने तरिका फरक फरक छन् । कतै झुन्डाएर, कतै टाउको काटेर, कतै गोली हानेर, कतै घातक सुई दिएर र त कतै विषालु ग्यास सुँघाएर मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्डले अपराधी त मर्छ तर अपराध मर्दैन । त्यसैले मृत्युदण्ड दिने मुलुकमा अपराधमा कमी आएको छैन । विश्वमा पहिलो पटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । सन् १९८८ मा एलिजावेथ सेनेट नामकी महिलाको हत्या गरेको आरोपमा दोषी केनेथ युजिन स्मिथलाई मृत्युदण्ड दिइयो । उनले एक हजार अमेरिकी डलर पाउने आशामा सेनेटको हत्या गरेका थिए । ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड