धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमले छात्राहरूको मनोबल उच्च हुने तथा आत्मविश्वास बढाउन सहयोग हुने बताउनुभएको छ । मन्त्री यादवले बुधबार वीरगन्ज आदर्शनगर रङ्गशालामा वीरगन्ज महानगरपालिकाले छात्राहरूका लागि आयोजना गरेको आत्मरक्षा तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
हरिबोधिनी एकादशीको दिन प्रत्येक वर्ष मेडरी नाच देखाउने प्रचलन छ ।
धनकुटा नगरपालिका–१, हिलेस्थित श्री नम्बर दुई वाहिनी अड्डा र होराइजन होटेलको बिचमा डाँडैभरि साना साना खाडल बनाइएको छ । यहाँ एक हजारभन्दा बढी त्यस्ता खाडल रहेका छन् ।
झापाको कमल गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा स्मृति पार्क निर्माणको काम फेरी अघि बढेको छ । १५ बर्सअघि शिलान्यास भएको आदिवासी रङ्गशाला तथा स्मृति पार्क नामको विषयमा विवाद हुँदा र पर्याप्त बजेट विनियोजन नभएका कारण सुस्त गतिमा निर्माणाधीन रहेको छ ।
बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये गलकोट नगरपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।
पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या हुन थालेको छ ।
विगत पाँच वर्षदेखि निर्माण थालिएको दुई किलोमिटर चार सय मिटर सडकको कामका लागि छ करोड रुपियाँ भुक्तानी भए पनि सडक अझै पूरा हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैँ, तिहार सुरु भएसँगै सेवाग्राहीको सङ्ख्या बढेपछि केही दिनयता भिड नै लाग्ने गरेको छ ।
अमेरिकी सरकारका लागि काम गर्ने एक व्यक्तिलाई बुधबार दायर गरिएको अदालतको कागजातअनुसार इरानमा आक्रमण गर्ने इजरायलको पहिलेको योजनाको मूल्याङ्कन गर्ने वर्गीकृत जानकारी चुहाएको आरोप लगाइएको छ ।
नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।
निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।