नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताउनुभएको छ ।
ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवादबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उहाँ चीन भ्रमणमा जान लाग्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनादेखि देशभरका किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भएको छ ।
एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ मा अटोरिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
विश्व नेताहरूले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको वार्तामा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिस्पर्धात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ ।
मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार दिउँसो बयान लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ।