प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुभएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका प्रमुख कार्यहरू सार्वजनिक गरिएको छ ।
आउँदो शनिबारदेखि धनगढीमा महिला स्वरोजगार मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा स्वरोजगार मेला लाग्ने भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी हुनुभयो ।
दुग्ध विकास संस्थानलाई आफूहरुले बिक्री गरेको छ महिना अघिदेखिको दुधको रकम नपाएको भन्दै कोशी प्रदेशका दुग्ध किसानहरुले आज कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । रास्वपाका १९ सांसदमाथि नै सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको जानकारी नेताहरूले पाएपछि स्थगित भएको बुझिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन आइपुग्नुभएको छ । सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।
छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उहाँलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मङ्गलबार राति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –७ र ८ को सिमानास्थित झर्ना कटेजनजिकैको भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरिएको छ ।
भेषजविन्दु साहित्यिक पुरस्कार प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले यस बर्षको पुरस्कार न्यौपालेलाई प्रदान गरेको हो ।
उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेली भाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ ।
यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो ।