गोरखापत्र अनलाइन
काभ्रेपलाञ्चोक, कात्तिक २८ गते । मङ्गलबार राति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –७ र ८ को सिमानास्थित झर्ना कटेजनजिकैको भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरिएको छ ।
अरिङ्गाल पोली फर्कने क्रममा –५ जनामध्ये सोही गाउँपालिका –८ बस्ने २५ वर्षीय रामकुमार उप्रेतीको नं १५ गण काभ्रे, नं १६ गण सिन्धुपाल्चोक र स्थानीय प्रहरीको संयुक्त टोलीले आज बिहान ५ः३० बजे उद्धार गरेको हो । अन्दाजी ३० देखि ४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागी घाइते भएको उहाँलाई उद्धार गरी धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।