अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादवलाई नेपाली कांग्रेस र लहान नगरपालिकाका तर्फबाट बधाई ज्ञापन र सम्मान गरिएको छ । नेपाली कांग्रेस सिराहा क्षेत्र नं.
छेवैमा सुर्नया नदी बगे पनि योजना र बजेट नहुँदा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्दा काँडावासी तिर्खाले काकाकुल भएर हिँड्ने गरेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडका नन्दा क्षेत्री रोजगारीका लागि परिवारसहित भारतको बैङ्गलोर बस्नुहुन्छ ।
हलिया मुक्ति घोषणा भएको १६ वर्ष पूरा भएको छ ।
सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्छ ।
पाँचथरको फालेलुङ गाउँपालिका १ मा पर्ने आगेजुङ गुम्बामासाता सेर्पा र लामासहित आदीवासी जनजाती समुदायको संस्कृतिमा आधारित लोक नृत्यहरु प्रस्तुत गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।
चिनवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बस्तीमा छिरेर नवलपुरमा गैँडाले आतङ्क मच्चाएको छ । मङ्गलबार बिहानै देवचुली नगरपालिका वडा नं. १ बाट वस्तीमा छिरेको गैँडाले दिनभरी १, ३ र ४ नं. वडामा आतङ्क मच्चाएको हो ।
कुनै पनि देशमा वस्तु तथा सेवाको उत्पादनमा आआफ्नै विशेषता हुन्छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो । यसको सदुपयोग गर्नु पर्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन ।
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपतिनाथ मन्दिर परिसरमा ७० लाख रुपियाँको लागतमा चतुर्मासा भवन निर्माण सुरु गरिएको छ । भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित भएको ललितपुर उपमहानगरपालिकाको ७० लाख रुपियाँ आर्थिक सहयोगमा भवन निर्माण सुरु भएको चतुर्मासा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
बल्खु चोकमा जहिले पनि यात्रुको भिड लाग्ने गरेको देखिन्छ ।