बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो ।
१. अमेरिकामा सन् २०२४ नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुने सफल राजनीतिज्ञ को हुन् ?
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।
१. वृत्तिविकास भनेको के हो ? वृत्तिविकासको महत्वमाथि प्रकाश पार्दै सङ्गठनमा प्रभावकारी वृत्तिविकास प्रणाली स्थापनाका लागि आवश्यक पूर्वसर्तहरू उल्लेख गर्नुहोस् ।
कालिकोटको खाँडाचक्र नगरपालिका १ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । विसं २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो ।
जर्मनीका ठूला राजनीतिक दलबिच आगामी फेब्रुअरी २३ मा हुने आमनिर्वाचनको समयतालिकामा सहमति भएको छ । जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सोसल डेमोक्र्याट्स (एसपीडी) पार्टीका एक स्रोतका अनुसार जर्मनी गहिरो राजनीतिक सङ्कटमा फसेको बेला वामपन्थी एसपीडीको संसदीय समूह र प्रमुख कन्जरभेटिभ विपक्षी सीडीयू/सीएसयूबिच यो सम्झौता भएको हो ।
डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका एक हजार ६४३ जना भूकम्प प्रभावितलाई ४० दिन बराबरको रोजगारी दिइएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउनु भएको हो ।
मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका क्रममा करिब १५ अर्ब रुपियाँ बेरुजु देखिएको छ ।
वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।
चलचित्र ‘कार्साङ’ को जितु नेपालको चारित्रिक ‘लुक्स’ मङ्गलबार सार्वजनिक भएको छ ।