• १४ माघ २०८१, सोमबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. अमेरिकामा सन् २०२४ नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हुने सफल राजनीतिज्ञ को हुन् ?

डोनाल्ड ट्रम्प 

नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका । 

ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भएका । 

ट्रम्प डेमोक्र्याट प्रतिस्पर्धी कमला ह्यारिसको भन्दा करिब ५० लाख बढी लोकप्रिय मत प्राप्त गर्दै विजयी भएका । दोस्रो चुनाव हारेर तेस्रोमा जित हासिल गर्ने ग्रोभर क्लेभल्यान्डपछि ट्रम्प दोस्रो राष्ट्रपति हुन् । 

अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । 

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पले सन् २०२५ जनवरी २० मा शपथ लिने छन् । उनी पहिलो पटक सन् २०१६ मा राष्ट्रपति भएका थिए । 

अमेरिकी राष्ट्रपतिमा को आउँछ भन्ने विषयले खास गरेर विश्व राजनीति, सैन्य क्षेत्र र अर्थव्यवस्थामा प्रभाव पार्ने भएकाले संसारभर यसलाई चासोका साथ  हेरिन्छ । 


२. नेपाललाई कहिलेसम्म स्टार्ट अप मुलुक बनाउने लक्ष्य सार्वजनिक गरिएको छ ?

सन् २०३०

(सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाहरूको पहलमा ।) 


३. प्रख्यात सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा कहिले सूचीकृत भएको हो ?

विसं २०८१ कात्तिक 

टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको प्रमाणपत्र कात्तिक २० मा बुझेको ।

नेपालमा सूचीकृत हुने टिकटक तेस्रो सामाजिक सञ्जाल कम्पनी हो । यसअघि सूचीकृत भएका सामाजिक सञ्जाल भाइबर र वी टक हुन् । 

सूचीकरण भए सँगै नेपाल राज्यभर टिकटकलाई अब नेपाल सरकारको कानुन लागु हुन्छ । नेपालको कानुन विपरीतका कन्टेन्ट टिकटकमा आए नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही अघि बढाउन सक्छ । 

२०८० कात्तिक २७ देखि प्रतिबन्धित हुन पुगेको टिकटक सरकारले २०८१ भदौ ६ गते ससर्त प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । 

सरकारले नेपालमा उल्लेख्य प्रयोग हुने अन्य सामाजिक सञ्जाल कम्पनीहरू फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतलाई पनि सूचीकरणका लागि ताकिता गरिरहेको छ । 


४. सन् २०२४ जनवरीमा अमेरिकाको नेसनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा पर्न सफल नेपाली होटल कुन हो ?

सिन्तामणि (मुस्ताङ)


५. सरकारी कागजातमा विक्रम संवत्सँगै नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय कहिले भएको हो ?

विसं २०८० कात्तिक २७ (विसं २०८० कात्तिक २८ गतेदेखि विक्रम संवत् उल्लेख हुने कागजातमा नेपाल संवत् उल्लेख गरिने निर्णय भएको ।)


६. एभोकाडोको राजधानी भनी कुन जिल्लालाई चिनिन्छ ?

धनकुटा


७. यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भन्ज्याङ कहाँ पर्छ ?

  मुगु


८. सन् २०२४ जनवरी १ देखि दुई वर्षको अवधि (सन् २०२५ डिसेम्बर ३१) का लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्रहरू कुन कुन  हुन् ?

अल्जेरिया, गुयना, दक्षिण कोरिया, सियरालियोन र स्लोभेनिया 


९. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

जापान


१०. नेपालमा ई पासपोर्टको सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०७८ मङ्सिर १

(डिजिटल भिसा प्रणालीको सुरुवात : विसं २०७८ असार १४)


११. ‘कम्युनिज्म मोटर चढेर आउँदैन’ भन्ने भनाइ कसको हो ?

पूर्व्राजा महेन्द्र


१२. नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बिमा अभियानको शुभारम्भ कहिले गरेको हो ?

विसं २०७६ वैशाख १


१३. महाकवि लक्ष्मीप्रसाद देवकोटाका एउटै नामका दुई कृति कुन कुन हुन् ?

वसन्ती–२००९ (गीतिकाव्य) र वसन्ती–२०३९ (लघुकाव्य) 

(डायमनशमशेर राणाको एक उपन्यास पनि ‘वसन्ती’ रहेको)


१४. ‘नेपाली कलाको रूपरेखा : प्राचीन र मध्यकालीन’ नामक कृतिका लेखक को हुन् ?

शताब्दी पुरुष सत्यमोहन जोशी 


१५. रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

१११ मेगावाट

रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित सो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी परीक्षण (२०८१ कात्तिक) गर्न थालिएको छ । 

नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको मुख्य लगानीमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीको प्रवर्धनमा निर्मित सो आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएको । 


१६. सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको युरोपेली राष्ट्र कुन हो ?

लक्जेम्बर्ग 


१७. लेप्चा सङ्ग्रहालय इलाममा रहेको छ भने धिमाल सङ्ग्रहालय कहाँ रहेको छ ?

झापा

१८. इन्डोनेसिया सरकारद्वारा हालै (सन् २०२४ नोभेम्बर) विशिष्ट अवार्ड ‘करका बुराना अवार्ड’ बाट सम्मानित हुने नेपाली उद्यमी को हुनुहुन्छ ?

चन्द्रप्रसाद ढकाल (नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष)


१९. प्रसिद्ध बडीमालिका मन्दिर कहाँ रहेको छ ?

बाजुरा

बाजुरा जिल्लामा समुद्री सतहदेखि करिब १५ हजार फिटको उचाइमा अवस्थित बडीमालिकाको मन्दिरमा भाद्र शुक्ल पक्षको दिनमा ठुलो मेला लाग्छ । 

यहाँ अछाम, डोटी, बझाङलगायत देशका विभिन्न भागबाट दर्शनार्थी आउने गर्छन् । 


२०. राणाकालीन प्रशासनिक व्यवस्थामा देशको प्रशासन सञ्चालन र निरीक्षण गर्ने अड्डालाई के भनिन्थ्यो ?

मुलुकी बन्दोबस्ती अड्डा 

खड्ग निसाना अड्डा : श्री ३ को सचिवालय÷प्रधानमन्त्रीको कार्यालय 

मुन्सीखाना : परराष्ट्र मामिलासम्बन्धी कार्य गर्ने अड्डा 

कुमारी चोक : लेखापरीक्षण र नियन्त्रणसँग सम्बन्धित अड्डा 

जङ्गी बन्दोबस्ती अड्डा : सैनिक प्रशासनसम्बन्धी 

बिन्तीपत्र निक्सारी अड्डा : न्यायसम्बन्धी कार्य गर्ने सर्वोच्च अड्डा

कँडेल चोक : गरगहनाको व्यवस्था गर्ने । 


२१. नेपालको वर्तमान संविधानको कुन धारामा सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ ?

धारा १६


२२. नेपालको इतिहासमा बासट्ठीहरण वा बिर्ताहरण कहिले भएको हो ?

विसं १८६२


२३. राष्ट्रपति र उपराष्ट्रपतिको पद एक साथ रिक्त भएमा राष्ट्रपतिबाट गरिने कार्य कोबाट सम्पादन हुने व्यवस्था छ ?

प्रतिनिधि सभाको सभामुख 


२४. डिनर डिप्लोमेसी भन्नाले के बुझिन्छ ?

राजनीतिक व्यक्तिहरूलाई भोजमा निम्त्याइँ कठिन विषय हल गर्ने नीति 


२५. जमिनमा प्रकृतिको कुचीकार भनी गिद्धलाई चिनिन्छ भने पानीमा प्रकृतिको कुचीकार भनी केलाई चिनिन्छ ?

गोही


२६. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?

बङ्गलादेश

२७. नेपालमा सर्वप्रथम स्मार्ट लाइटको प्रयोग गर्ने महानगरपालिका कुन हो ?

ललितपुर महानगरपालिका 


२८. चौरासे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने नयाँ औद्योगिक क्षेत्र कुन हो ?

सुर्खेत


२९. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?

युजेनिक्स 


३०. गोल्डन रुल भन्नाले के बुझिन्छ ?

कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमहरूका साथै नैतिक आचरणसँग सम्बन्धित नियमहरू


३१. पद्मकण्ठगिरी कुन ठाउँको पौराणिक नाम हो ? 

स्वयम्भू


३२. नेपालमा सामाजिक सुधार ऐन कहिलेदेखि लागु भएको हो ? 

विसं २०३३


३३. सूर्यको किरणमा सात रङ हुन्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ? 

सर आइज्याक न्युटन (बेलायत)


३४. नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ? 

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा 

यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको । 

विसं २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई विसं २०३४ भदौमा तत्कालीन त्रिवि ऐन अनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा रूपान्तरण गरिएको । 

त्रिवि अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका । 

प्रस्तुतकर्ता : टङ्क केसी