• १८ भदौ २०८२, बुधबार

सम्पदा संरक्षणमा सहजीकरण गर्ने प्रजिअको प्रतिवद्धता

blog

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे ।

गोरखापत्र अनलाइन

ललितपुर, भदौं १७ गते । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै संस्कृति, सम्पदाको संरक्षणमा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जात्रा, पर्व संस्कृतिम मौलिक परम्पराको हिसाबले ललितपुरको विशिष्ट महत्व रहेकोलाई आत्मसात गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरले भन्नुभयो,  ‘तपाईहरुले दिएको सुझावलाई ध्यानमा राखेर यहाँका पुरात्तात्विक स्थल, पोखरी, गुठीको जग्गा संरक्षणमा ध्यान दिनेछौं ।’

आफूले चार पाँचवटा विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरले भन्नुभयो, ‘सरकारी कार्यालयको सेवा प्रवाहको चुस्तता, शान्ति सुरक्षाको व्यवस्थापन, समुदायसँगको संवाद र समन्वय गर्दै विकास निर्माणमा सहजीकरण र विपत व्यवस्थापनको कामलगायत क्षेत्रलाई प्राथमिकतामा राख्नेछु । राष्ट्रिय परिचयपत्रका सम्बन्धमा सोधपुछ गर्ने कार्यलाई सहज बनाइदिएको छु ।’ 

यसअघि सञ्चारकर्मीहरुले सूचना प्रवाहलाई थप सहजीकरण गर्नुपर्ने, जिल्लाको भूगोल, यहाँको सांस्कृतिक संवेदनशीलताप्रति प्रशासनले महशुस गर्नुपर्ने, शान्ति सुरक्षाका विविध चुनौती विषयमा आफ्नो धारणा राखेकोमा सोलाई सम्बोधन गर्दै आफ्नो धारणा राख्नुभएको हो।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले प्रशासनले गर्नुपर्ने नियमित दायित्वका अतिरिक्त विभिन्न जात्रा, पर्व, संस्कृति सम्पदा जोगाउने विषयमा पहलकदमी, सहजीकरण र समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव समेत रहेका महर्जनले सूचना प्रवाहमा थप व्यवस्थिति गर्नुपर्ने, मातृभाषाका पत्रकारिता गर्ने पत्रकारलाई प्रशासनले समेट्नुपर्ने र जनताको पीरमर्का बुझ्नुपर्ने विषयमा केन्द्रीत गर्दै आफ्नो धारणा राख्नुभयो।

सम्पदा नेपाल टेलिभिजनका प्रमुख विश्वन्तर शाक्यले गुठी जग्गा संरक्षण, अतिक्रमणमा परेका सम्पदा र जग्गाको संरक्षणमा प्रशासनको सशक्तको भूमिका हुनुपर्ने खाँचो औल्याउनुभयो। नेवाः पत्रकार राष्ट्रिय दबूका ललितपुर शाखाका सदस्य सनि शाक्यले लागुऔषध दुव्र्यसनीको समस्या, शान्ति सुरक्षाका विविध चुनौतीबारे आफ्नो धारणा राख्नुभयो ।

सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ, नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्यले अव्यवस्थित बजार, मानिसहरुले भोग्नुपरिरहेको पाकेटमारको समस्या लगायत विषयमा आफ्नो धारणा राख्नुभयो। गृह मन्त्रालयको भदौं ४ गत बुधबारको निर्णयअनुसार घिमिरे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न भदौं ५ गते विहीबार ललितपुरमा आउनुभएको थियो। २५ वर्षअघि निजामति सेवामा प्रवेश गरेका घिमिरे यसअघि धादिङको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेकोबमे उपस्थित थियो। सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ, नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्यले अव्यवस्थित बजार, मानिसहरुले भोग्नुपरिरहेको पाकेटमारको समस्या लगायत विषयमा आआफ्नो धारणा राख्नुभयो। गृह मन्त्रालयको भदौं ४ गत बुधबारको निर्णय अनुसार घिमिरे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न भदौं ५ गते विहीबार ललितपुरको जिम्मेवारी लिएर आउनुभयो ।