नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व हुने हो भने देश निर्माणमा धेरै समय नलाग्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार नेकपा (एमाले) संगठन कमिटी मोरङद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित नियन्त्रण लिएको हो।
मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका तामाङ हिमाल आरोहणका क्रममा लडेर बेपत्ता हुनुभएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ।
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्मपनि तराई मधेशका जनताको आर्थिक स्तर उत्थान हुन नसकेको धारणा व्यक्त गर्नुभएको छ ।
गोरखापत्र संस्थानको सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर शाखामा कार्यरत पाँचौं तहका वरिष्ठ कम्प्युटर अपरेटर नन्दगोपाल रञ्जित उमेर हदका कारण संस्थान सेवाबाट सेवा निवृत्त हुनुभएको छ ।
गाईगोरुको संरक्षण तथा सुरक्षाका लागि साझा सङ्कल्प गराउने उद्देश्यले झापाको सताक्षीधाममा ‘गोरक्षा महोत्सव २०८१’ हुने भएको छ ।
जाजरकोटको भेरी नगरपालिका-१२ रातापोखरास्थित छिन्जु जाजरकोट सडक खण्डमा फोर्स गाडी र जिप ठोक्किँदा ४ जना घाइते भएका छन्।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
आउँदो मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ताप्लेजुङमा राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाउन थालेका छन् ।
निर्वाचन आयोग र सरकारी सञ्चार माध्यमहरूबिच स्थानीय तह उपनिर्वाचन, २०८१ स्वच्छ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने बारे छलफल भएको छ ।