गोरखामा कौडाको खालबाट १२ जना जुवाडे पक्राउ परेका छन् । सोमबार राती करिब १० बजेको समयमा गोरखा नगरपालिका–६ मा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ ...’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ ।
वीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मारक्षाका लागि तालिम दिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मैज्जुबीच मङ्गलबार यहाँ भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन आउनुभएका दुई देशका राष्ट्राध्यक्षबिच भेटवार्ता हुन लागेको हो ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदानस्थलको अनुगमन गरिएको छ।
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।
अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार भने ओरालो लागेको छ ।
डिलासैनी गाउँपालिकामा २३ वर्षीया देउरानीको हत्या गरेको आरोपमा ३० वर्षीया जेठानीलाई पक्राउ गरिएको छ । डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरी बस्ने देउरानी सुनिता बोहराको हत्या गरेको अभियोगमा जेठानी दीपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नयाँ विवाहित जोडी (दम्पती) लाई शुभकामना कार्ड (पत्र) प्रदान गर्न थालिएको छ।
दोलखाको कालीदेवी मन्दिरमा यो वर्ष पनि ठुलो एकादशीदेखि मेला सुरु भएको छ । जिरी नगरपालिका–८ रामबोलेस्थित कालीदेवी मन्दिरमा प्रत्येक वर्ष एकादशीदेखि पञ्चमीसम्म एक साता सञ्चालन हुने मेला सुरु भएको नगर प्रमुख मित्र जिरेलले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गर्नुभएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका वाड नं ५ मा सम्पन्न प्रथम तरुण गोल्डकपको उपाधि अरुनिमा फुटबल क्लबले हात पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ ।