पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।
हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तजनको भिड लागेको छ ।
कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एशिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ । अस्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा.गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ–याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाइएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति समेत घोषणा नहुनुले त्रास सिर्जना गराएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिटभेडाबारी सडकखण्डको सुर्खेतको गुर्भाकोट नगरपालिका १०, भेडाबारीमा भेरीनदीमाथि बनेको मोटरेबल पुल ।
नवलपुर, कात्तिक २७ गते । हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार नारायणी नदीमा स्नान गर्दै भक्तजन । एकादशी पर्वको अवसरमा आज नवलपरासी [बर्दघाट–सुस्तापूर्व]को शिख्रौलीघाट, घुमारीघाट, पिठौली, केउरेनी, गुन्द्रही, बालीघाट, त्रिवेणीलगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ । तस्विरः रासस
नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताउनुभएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
मधेश प्रदेशको सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती स्थानमा उम्मेदवार बनाउन नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिको सिफारिस अनुसार उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।
कमला नदीमा बाँसको खम्बा र प्लाइउड ठोकेर पुल बनाएको छ ।
विराटनगर, कात्तिक २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानमन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम [एसपिपी]को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।