मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशभरिका आठ वटै जिल्लाका गरी गत वर्षको तुलामा यस वर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने जनाएको छ ।
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईले जितका लागि नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ रिपोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेको छ ।
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् ।
नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्लाको नेतृत्व लिन जिल्ला तहका एमाले नेताहरूबिच रस्साकस्सी बढेको छ ।
बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ। तुवाँलोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन्।
नवलपुर प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको १६ लाख मूल्य बराबरको केराउ बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती –१६ चालिस किलो जंगलमा चेकजाँच गर्ने क्रममा १६ लाख ११ हजार ३६० रुपियाँ बराबरको १२ हजार चारसय ८० किलो अवैध केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली युएईविरुद्ध बलिङ गर्दैछ ।
ताप्लेजुङमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ । अभियानका केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयको उपस्थितिमा जिल्लामा अभियानको सुरुवात भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ।
इनरुवास्थित मालपोत कार्यालयमा पछिल्लो समय राजस्व छली र अनियमितता बढेको आरोप लागेको छ । सो कार्यालयमा विशेषगरी कर्मचारी र बिचौलियाबिचको मिलेमतोमा जग्गा खरिद बिक्री गर्दा सेवाग्राहीको लेनदेन गरेको बास्तविक मूल्यभन्दा अधिक मुल्याङक्न घटाएर राजस्व घाटा गराइ सेटिङमा व्यक्तिगत फाइदा लिने प्रचलन बढेको आरोप छ ।
खानेपानी आयोजना सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा देउसी खेलेर ३ लाख बढी रकम सङ्कलन गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन्।
कावासोतीमा भएको निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारणले निःशुल्क उपचार सेवा लिएका छन् ।