सिन्धुपाल्चोक, कात्तिक २८ गते । सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको गुफाडाँडा जलवायु उद्यानमा फहराइरहेका नेपालको राष्ट्रिय झण्डा । तस्बिरः रासस
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित तलाउमा फुलेको कमलको फूल ।
पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन ।
बागमती प्रदेश सरकारले पुनः मन्त्रालय फुटाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा अब १४ वटा बनाउने निर्णय गरेको हो ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भए पनि कारबाहीमा पर्ने बताउनुभएको छ ।
सिराहामा सर्प दंशको बढ्दो घट्नालाई ध्यानमा राखेर नेपाली सेनाको नन्दा गण चोहर्वाले जनचेतनामूलक कार्यक्रम थालेको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो ।
कालीगण्डकी नदीको संरक्षण गर्दै यहाँ रहेको नदीजन्य पदार्थको प्रयोग गर्न पाउनु पर्यो भन्दै प्रभावित क्षेत्रका पालिकाले सङ्घर्ष गर्दै आएको तीन वर्ष भइसक्यो ।
कालीगण्डकी नदिमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने बेपत्ता भएको वडा अध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरू बढिरहेका छन् । जसले विकास निर्माणका काममा अवरोध सिर्जना गरेको छ भने भौतिक पूर्वाधारहरूमा ठुलो क्षति पुर्याएको छ ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको छ ।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदैछन् ।
दाङको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहोर फाल्न रोक लगाएको छ ।
भारतको दार्जिलिङमा रहेको सावाली प्रकाशनले साहित्यकार सूर्य लाकोजूलाई भारत–नेपाल हस्ताक्षर सेतु सम्मानबाट सम्मानित गरेको छ ।
प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्लातर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।