खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ ।
नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ३६३ मत सहित कमल नेपाललाई १४ मतान्तरले पराजित गरी अध्यक्षमा विजयी हुनुभएको हो । कमलले ३४९ मत प्राप्त गर्नुभएको छ ।
नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ ।
सरुना क्षेत्री (नाम परिवर्तन) कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ । उहाँले केही महिनायतादेखि ह्वाट्स एपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बर नै ब्लक गरिदिनुभयो ।
सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।
कालीगण्डकी ए जलविद्युत परियोजना निर्माणसँगै निर्माण भएको कालीगण्डकी बेलिब्रिज जीर्ण बनेको छ । २७ वर्ष पहिले निर्माण भएको मोटरेबल पुल निर्माण पश्चात् एक पटक पनि मर्मत सम्भार नहुँदा दुई जिल्ला जोडिने पुल जीर्ण बनेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको दोस्रो खेलमा जितका लागि नेपालले बरोडालाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।
फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस् हदाद जेर्भोसबिच शिष्टाचार भेट भएको छ।
उत्तर कोरियाले मङ्गलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घण्टापछि आणविक क्षमताको बी–५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र चैत २५ गतेदेखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षकका लागि मंगलबारदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा चार दिने तालिम सुरु भएको छ ।