• १२ पुस २०८१, शुक्रबार

भान्जाको हत्या गर्ने मामा प्रकाउ

blog

गणेश खनाल

अर्घाखाँची, कात्तिक २८ गते । मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई  प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

मगलवार विहान अर्घाखाँचीको शितगंगा नगरपालिका ६ सानाढुंग्रेस्थित भिरपाखोमा बस्ने वर्ष ३५ को तिलक रेश्मी मृत अवस्थामा नजिक भिरपाखोमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा अर्घाखाँची शितगंगा नगरपालिका ६ बस्ने वर्ष ५३ को आफनै मामा  झन्द्रबहादुर गाहा घटनामा संलग्न प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरी प्रकाउ गरी ५ दिनका लागि अदालतबाट म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

२६ गते राति मामाभान्जाले सँगै बसेर मादक पदार्थ सेवन गर्दा गाहाले रेश्मीलाई गालीगलौज गरेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो । रेश्मीले पछि मलाई किन गालीगलौज गरेको भनी गाहाको घरमा सोध्दा ढुङ्गाले टाउकोमा हानेपछि घटना घटेको प्रहरीको भनाइ रहेको छ।

मगलवार रेश्मी बिहानसम्म घरमा नआएपछि  श्रीमतीले खोजतलास गर्न जाँदा शितगंगा नगरपालिका ६ स्थित मनोजबहादुर गाहाको खर्यान भिरपाखोमा शरीरको विभिन्न भागमा चोटपटक लागेको मृत अवस्थामा फेला पार्नुभएको थियो ।