• ७ मंसिर २०८१, शुक्रबार

स्वदेश फर्कियो यु–१९ महिला क्रिकेट टोली

blog

स्वदेश फर्किएपछि क्रिकेट खेलाडी ।

काठमाडौँ, कात्तिक २९ गते । आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।

बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

खेलाडीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरे । नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो ।

फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

क्यानले बिहीबारनै खेलाडीको सम्मानका लागि जनही दुई लाख र टिममा रहेका अफिसियललाई एक लाख ५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।