गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । बढ्दो सहरीकरण, प्लटिङ र ठुला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जमिन नासिँदै गएको हो ।
प्युठानमा चैते धान खेतीको क्षेत्र विस्तार भएको छ । नौ वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले चैते धान खेतीको प्रवर्धन थालेदेखि क्षेत्र विस्तार भएको हो ।
मोटरसाइकलको ठक्करबाट गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । घाएतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अव्यवस्थित तरिकाले सडकछेउमा गरिने सवारी पार्किङले बागलुङमा दुर्घटनाको जोखिम बढाएको छ । मध्यपहाडी लोकमार्ग छेउछाउमा शहरीकरण बढ्दै गएपनि सवारी पार्किङको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढाएको हो ।
कोशी प्रदेशका इटहरी र धरान नगरपालिका आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनदेखि नै बजेट शून्यताको अवस्थामा पुगेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ ।
दुई वटा डिजिटल भुक्तानी सेवाप्रदायक आइएमई पे र खल्ती गाभिएर ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको छ । नेपालमा दुई वालेटको यो पहिलो एकीकृत कारोबार हो ।
विकास आयोजनाको कार्यान्वयन गति बढाउन सरकारले दैनिक तीन ‘सिफ्ट’ मा काम हुने व्यवस्था मिलाउन सम्पूर्ण निकायलाई निर्देशन दिएको छ । बिहीबारदेखि सुरु नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले आयोजनाको कार्यान्वयनमा तीव्रता ल्याउन त्यस्तो व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको हो । यसअघि गत आवमा आयोजनाको काम दैनिक दुई सिफ्टमा गर्नुपर्ने मार्गदर्शनमा उल्लेख थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न शीर्षकबाट पाँच करोड ७८ लाख ७५ हजार ६८२ रुपियाँ ७८ पैसा राजस्व सङ्कलन भएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालमा सम्मानजनक रोजगारी र आर्थिक वृद्धिको यात्रामा धेरै चुनौती रहेको बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजुमा रहेको उद्योगलाई अन्यन्त्र सारी सूचना प्रविधि पार्क बनाउने बताउनुभएको छ ।
असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि सञ्चालन हुने प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् ।
सर्वोच्च अदालतले ४१ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । २०८२ असार मसान्तसम्म सर्वोच्चमा अब २४ हजार मुद्दा बाँकी भएका छन् । जसमा दुई वर्ष नाघेका मुद्दा आठ हजार ९४८ थान छन् ।