नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ।
सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल–२०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ।
ताप्लेजुङमा वैदेशिक रोजगारीमा जान राहदानी बनाउने घटेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेका हुन् ।
पाँचथरको फिदिम १३ लुङरुपास्थित टिम्बुरे भन्ने स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार रुद्र श्रीष मगर सम्मानित हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाले सम्मानपत्र तथा नगद १५ हजारसहित सम्मान गर्नुभयो ।
नेकपा (एमाले) को सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केही समयदेखि समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताउनुभएको छ ।
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपियाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल हुनुभएको छ । उहाँले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पार्नुभएको हो ।
बेलायतले आफ्ना छिमेकीहरूसँग ब्रेक्जिटपछिको सम्बन्ध सुधार गर्न खोजिरहेको बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज प्रधानमन्त्री किर स्टार्मरसँग ‘मित्रता सन्धि’ मा हस्ताक्षर गर्न बिहीबार लन्डन जानुहुनेछ ।
आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
पाकिस्तानमा बसोवास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उद्धृत गर्दै बुधबार बताएको छ ।
पालिकाभित्र गठन भएका टोल विकास संस्थामध्ये गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा उत्कृष्ट काम गर्ने टोल विकास संस्थालाई ५० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको हो।
दुई करोड ७० लाख ८६ हजार भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले ११ महिना कैद सजाय र सोही रकम बरावरको बिगो र जरिवाना असुलको फैसला गरेसँगै रमेश कुमार कार्कीको जाहेरीले वादी नेपाल सरकार भई प्रतिवादी काठमाडौँ महानगरपालिका ३ घर भई तारकेश्वर नगरपालिका ५ गोल्डढुङगा बस्ने वर्ष ४६ को केदार अर्याललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणमा तीव्र वृद्धि भएको रिपोर्ट गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ।