युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो।
बाँकेको राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ०८१–८२ मा लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गरेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका नतिजामुखी बजेट कार्यान्वयनका लागि मन्त्रीसँग कार्यसम्पादन सम्झौता मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
एपिएफ क्लबलले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ ।
सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले ३८ दिन लामो श्रावणी मेलाको शुभारम्भ गर्नुभएको हो ।
नियमित पानी परेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।
तिरहुत टाइगर्सले सप्तरी प्राइड क्रिकेट लिग उपाधि रक्षा गरेको छ ।
आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने संक्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जिवित छ ।
हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन् ।
बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियाे । तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएकाे छ ।
साउन २ गते परेको मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन।
गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनः विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताउनुभएको छ।