साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा मजदुरीकै भरमा गुजारा गर्ने लहान–१० गुदीगाउँका मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एकवर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्र उत्साह देखिएको छ ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकामे हो ।
साउन, प्रकृति नै हरियाली हुने महिना । यो महिनाको सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन हुन्छ भनिन्छ । सूर्य दक्षिणायन हुँदा रात लामो र दिन छोटो हुने क्रम सुरु हुन्छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा तीन दिनदेखि तालाबन्दी गरिएको छ । यस अवधिमा पदाधिकारी तथा कर्मचारीले बाहिरै बसेर जनतालाई सेवा दिइरहनुभएको छ ।
पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल सङ्घ र महासङ्घका पदाधिकारीसँगको अन्तर्क्रिया कार्यक्रम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–२ का दलितबाट महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको छ । उहाँको बिहीबार बिहान ८ बजे निधन भएको उर्लाबारी नगरपालिकाका प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब बढी राजश्व सङ्कलन गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्यान्डको शीर्ष डिभिजन लिग खेल्नुहुने भएको छ ।
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ चयन हुनुभएको छ ।
कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइने भएकाले सार्वजनिक बिदा दिइएको हो ।