बुटवल–तानसेन सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङले पछिल्लो समय गति लिएको हो ।
यहाँका युवाले एक कप चिया अभियान सञ्चालन गरी बिरामीलाई सहयोग गरेका छन् । जाजरकोट सदरमुकाम खलङ्गाका युवाले एक कप चिया अभियान सञ्चालन गरी उठेको रकम भेरी नगरपालिका–४ का महेन्द्रकुमार भडेलको उपचारमा सहयोग गरेका हुन् । मानवसेवा, लागुऔषध दुव्र्यसनी, सरसफाइको अभियन्ता बनेका युवाले सकारात्मक सन्देश प्रवाह गरी समाज रूपान्तरण गर्न एक कप चिया अभियान सञ्चालन गरेका हुन् ।
लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
खार्पुनाथ गाउँपालिका–१ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदीमाथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै सो स्थान रहेको तुइन विस्थापित भएको छ ।
सुर्खेत प्रहरीले नक्कली नेपाली नोट बनाई बजारमा फैलाउने गिरोहलाई पक्राउ गर्न सफल भएको छ । नक्कली १३ लाख नेपाली रुपियाँ र ३० केजी अफिमसहित पाँच जनाको गिरोहलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको ढिलासुस्तीका कारण नेपालगन्ज यातायात कार्यालयले भाडाकै घरबाट सेवा दिइरहेको छ । नागरिक स्तरबाट यातायाता कार्यालय अपायक पर्ने ठाउँमा सारिएको भन्दै विरोध हुँदै आएको छ । तर नेपालगन्ज उपमहानगरपालिकाले भने यसलाई गम्भीरता साथ नलिएको देखिएको छ ।
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले सक्रियता बढाएको छ । समितिमा आएका विधेयकमाथि छलफल गर्नेदेखि आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रदेश सरकारका कामको अनुगमन गर्नेसम्मका काममा समिति सक्रिय भएको हो । २०८० जेठ १४ गते समितिको पहिलो बैठक बसेको थियो । त्यसयता २०८२ असार २३ गतेसम्म समितिका ९६ वटा बैठक सम्पन्न भएका छन् । यी बैठकहरूमार्फत महत्वपूर्ण काम भएको समितिले जनाएको छ । समितिको मुख्य काम प्रदेश सभाबाट आएका विभिन्न विधेयकमाथि छलफल गरेर त्यसलाई पूर्णता दिनु हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
मुगुको माथिल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।
डडेलधुरा अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाएपछि यहाँ विरोध सुरु भएको छ । हजारौँ बिमितलाई स्वास्थ्य बिमा कार्यक्रमबाट वञ्चित हुने गरी प्रथम विन्दुबाट हटाइएको विरोधमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गरी प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर एकै वर्षमा भत्किएपछि हाल नयाँ कोतघर निर्माण थालिएको छ । डडेलधुरा सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा चार वर्षपहिले २०७७ मा २० लाख रुपियाँ लागतमा निर्माण गरिएको कोतघर एक वर्ष नपुग्दै छत भत्किने अवस्थामा पुगेको थियो । ढुङ्गाले चिनाई गरेर पत्थरले छानो छाइएको कोतघरको छानोको धुरीखाँबो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।
तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक ३० कोठको तीन तले नयाँ सुविधासम्पन्न प्रशासकीय भवन बन्ने भएको छ ।
गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्ध भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुङ्गा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुङ्गामुढा ल्याएर थुपारेपछि यातायात चल्न सकेन ।
महानगर यातायात प्रालिले काठमाडौ उपत्यकामा १२ वटा विद्युतीय ठुला बस सञ्चालनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विद्युतीय बस सेवा सुरु गर्नु भयो ।
गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै अहिले पनि साउने मेला सुरु भएको हो ।