सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो ।
सुदूरपश्चिम प्रदेशसहित बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, दार्जुला, कैलाली र कञ्चनपुर जिल्लामा आज परम्परागत हरेली पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।
तीन जिल्लाको सङ्गम देवघाटधाममा आजदेखि एक महिना साउने मेला सुरु भएको छ । शिव भगवानको महिनाको रुपमा लिने यो महिनामा चितवन, नवलपारसी, तनहुँ, मकवानपुर, रुपन्देहीलगायत भारतको विहार उत्तर प्रदेशबाट यहाँ स्नान गर्न आउने गरेका छन् ।
बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।
जिल्ला अदालत पश्चिम नवलपरासीले दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्ने रणनिति अनुसार काम अघि बढाएको छ ।
मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो ।
जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो ।
दैलेखको आठबीस नगरपालिका–३ को जास्कीमा बँदेलको आक्रमणमा परी ६ जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
उच्च अदालत पोखरा र कास्की जिल्ला अदालत दुवैको मुद्दा फर्छ्यौट दर बढेको छ । उच्च अदालतमा आर्थिक वर्ष ०८१/०८२ मा ७८ दशमलव शून्य सात प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यो पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा बढी हो ।
मटिहानी नगरपालिका–२ धिरापुर बस्ने रामकृपाल ठाकुर मटिहानी बजारबाट दुई दर्जन मिनरल वाटर घर लिएर आउनुभयो । घरमा कुनै पुजापाठ वा आफन्त आएको नभई घरमा खानेपानीको समस्या समाधान गर्न अहिले उहाँ मिनरल वाटर प्रयोग गर्नुहुन्छ ।
पर्यटन राजधानी पोखराको फेवातालमा पानीको उच्च सीमा (फ्लोड लेभल) छुट्टिएको छ । बर्खामा पानीको उच्च सीमा पहिचान गरी ताल परिधिको करिब १६ किलोमिटरमा छ सय ११ भौतिक पोल गाँडेर ताल क्षेत्र (तालघर) यकिन गरिएको हो ।
नेपालगन्ज न्यूरो अस्पतालले पश्चिम नेपालमै पहिलो पटक भेरिकोज भेन रोगको शल्यक्रियामा आवश्यक प्रविधि माइक्रोवेभ अब्लिगेसनबाट सेवा सुरु गरेको छ ।
कर्णालीका तीन वटा पालिकाले करारका कर्मचारी हटाउन लागेका छन् । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिकाले करारका कर्मचारी हटाउन लागेको हुन् ।
नयाँ जिल्ला घोषणा भएपछि नवलपरासीपूर्वको कावासोतीमा नमुना सदरमुकाम खडा गर्न शिलान्यास गरिएको सात वर्ष पुगिसक्दा पनि कामले गति लिन सकेको छैन । जम्मा चार वटा भवन बन्न सुरु भएकोमा हालसम्म थप कुनै प्रगति हुन नसकेको हो ।
बेनी नगरपालिका–४, फापरखेत र मङ्गला गाउँपालिका–२, सिमलचौरको सिमाना पर्ने फापरखेतको पहिरोले यहाँका बासिन्दालाई बर्खाभरि सताउने गरेको छ । आकाश मडारिनै लाग्दा पहिरो झर्छ र आवतजावत रोकिन्छ, बेनी–दरबाङ सडकखण्ड नै बन्द हुन्छ ।