प्रेमराज सिम्खडा
कर्णाली, साउन १ गते । कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइने भएकाले सार्वजनिक बिदा दिइएको हो ।
हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।
यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो । माथिल्लो कर्णालीमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रूपमा मनाउने गरिन्छ । देउडा सर्जक कृष्णराज धमालाले सुदूरपश्चिममा गौरा पर्वमा राष्टिय बिदा दिए जस्तै कर्णालीमा पनि देउडा पर्वका रूपमा साउन १ गते राष्टिय बिदा दिनुपर्ने बताउनुभयो ।
आज कालीकोटमा देउडा प्रतियोगिता गरिँदै छ । देउडा सर्जक भानुप्रभात पाण्डेले आज र भोली देउडा प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । देउडा पर्वका रूपमा मनाउने भयकाले देउडा पारखीलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।