• १ साउन २०८२, बिहिबार

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा श्रेष्ठ चयन

blog

विश्व प्रेस काउन्सिलको ताञ्जानियामा भएको काउन्सिलको शिखर सम्मेलनमा सहभागी हुनुहुँदै वरिष्ठ पत्रकार किशोर श्रेष्ठ (बायाँबाट तेस्रो ।

काठमाडौं, साउन १ गते । विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ  चयन हुनुभएको छ ।

अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ ।  

काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ  नेतृत्व चयन भए पनि चुनावका सबै प्रक्रिया पूरा गरिएको जानकारी उहाँको सचिवालय दिएको छ । 

श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा.तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहनुभएको थियो । 

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित हुनुभएको छ । त्यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष हुनुभयो ।

अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो छानिनुभएको छ ।